मुक्तिनाथ विकास बैंकद्वारा एकै साथ पाँच शाखा विस्तार

खरीबोट

काठमाडौँ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर, सुनसरी जिल्लाको इटहरी तथाइनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको छ । 

बर्दीबास शाखाको समुद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष प्रहल्लाद क्षेत्री, रौतहट शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना, ईटहरी शाखाको समुद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस कुमार विष्ट, इनरुवा शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजिब कोइराला तथा दमक शाखाको समुद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका छन् । 

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा एटिएम र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, एटिएम कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकले ६ महिनामा साढे ४० करोड नाफा कमायो 

काठमाडौं । मुुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ४० करोड ४८ लाख ३० हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो

मुक्तिनाथ विकास बैंकको शाखा कुपण्डोलमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा बिहीबार आफ्नो नयाँ शाखा उद्घाटन गरी औपचारिक बैंकिङ सेवा सुरु गरेको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्

मुक्तिनाथ विकास बैंकको अनलाईन सेवा : अब घरबाटै खाता खोल्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले अब घरमै बसी बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ ।  बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकको १३औं वार्षिकउत्सवमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको अवसरमा गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिनेक्रममा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा


z