• २०८१ बैशाख ८ शनिबार

बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण 

kharibot

काठमाडौँ।  प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति महारथी क्षत्रीले आगामी भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नेछन् । 

सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथी क्षत्री श्रावण २५ गतेदेखि बिदामा बस्ने हुँदा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन् । बलाधिकृत रथी थापालाई श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम श्रावण २५ गतेबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो । 

बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप लेस पेपर इन्भाइर्नोमेन्टको लागि डिजिटलाइजेशन मार्फत कार्यालयहरुमा कामको शुरुवात गर्नुको साथै काठमाण्डौ—तराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गरेका छन् । 

उक्त बुझबुझारथ समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द लगायत विभिन्न विभाग-निर्देशनालयहरुका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै