• २०८१ बैशाख ६ बिहीबार

गत आर्थिक बर्षमा साउदीमा मृतकका परिवारले क्षतिपूर्ति पाए

kharibot

काठमाडौँ। साउदी अरबको रियादस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न कारणले ज्यान गुमाएका २४९ नेपाली नागरिकका हकवालालाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको जनाएको छ । 

दूतावासद्वारा जारी विज्ञप्तिमा मृतकका कानूनी हकदारले प्राप्त गर्न सक्ने गरी ११ करोड ४३ लाख ३७ हजार ८३४ रुपैयाँ ५६ पैसा (४० लाख ११ हजार ८५४.१६ साउदी रियाल) काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पठाइएको उल्लेख छ । 

कुनै पनि शुल्क नलिइ पीडित परिवारका तर्फबाट घटना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरी पैरवी गर्दै आइरहेको दूतावासले जनाएको छ । गत आवमा सडक÷सवारी दुर्घटनामा ज्यान गुमाउने ४१ व्यक्तिको ब्लडमनीसम्बन्धी मुद्दा अदालती प्रक्रियामार्फत टुंगो लगाइएको थियो । जसमध्ये १८ जनाको अदालतको फैसलाअनुसारको ब्लडमनी सम्बन्धित पक्षबाट असुल गरी मृतकका हकवालालाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमा पठाइएको र २३ जनाको फैसलाअनुरुप रकम असुल गर्ने प्रक्रियामा रहेको बताइएको छ । 

मृतकहरु भीम भट्टराई (झापा), भूपालदेव लिम्बू (धनकुटा), रिखु जैसी (रुकुम), चित्रबहादुर थापा (तनहुँ), देवेन्द्रप्रसाद राय (सप्तरी), देवराज राई, रामनाथ राई र सन्तोष खत्री (खोटाङ), एकप्रसाद लामिछाने (गोरखा), जाल मोहम्मद रैन, मोहम्मद मुजाहिद शेख, मोहोम्मद जाहिर मन्सुर, सलिम मियाँ र शिवकुमार यादव (सिरहा), राजुबहादुर कुँवर (कास्की), रामबाबु साह कानु (सर्लाही) रमेश पुलामी (ललितपुर) र जयबहादुर सुवेदी (गुल्मी) को अदालती फैसलाअनुसारको ब्लडमनी असुल गरिएको गरी नेपाल पठाइएको छ । 

करीब ५० मुद्दा अदालती प्रक्रियामा तथा अन्य मुद्दा अध्ययनकै क्रममा रहेको र प्रक्रिया पु¥याएर क्रमशः अदालतमा दर्ता गरिने पनि विज्ञप्तिमा जनाइएको छ । 

विभिन्न कारणले ज्यान गुमाएका नेपाली नागरिकका हकवालालाई उपलब्ध हुने सक्ने क्षतिपूर्तिको विषयलाई उच्च प्रथमिकतामा राखेर काम गर्दै आएको दूतावासले जनाएको छ । दैनिकजसो भइरहेका नयाँनयाँ दुर्घटनाका विषयले यस्ता प्रकृतिका मुद्दाहरु थपिदै जाँदा थप चुनौती बढ्दै गएको दूतावासले उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै