• २०८१ बैशाख १२ बुधबार

सिपिएलको डेभ्यु खेलमा सन्दीपले लिए २ विकेट  

kharibot

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो पहिलो खेल खेलेका छन् । 

सन्दीपले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।

यस अघि सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले पहिला ब्याटिंग गर्दै कप्तान क्रिस गेलको तुफानी ८६ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो।    

नेदरल्यान्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेल पछि सिपिएल खेल्न पुगेका सन्दीपले सिपिएलको पुरा प्रतियोगिता भने खेल्न नपाउने भएका छन्।  आगामी अगस्ट २९ देखि नेपालले एशियन कप क्रिकेट क्वालिफायर खेल मलेसियामा खेल्ने हुनाले सन्दीपले सिपिएलका बढीमा ५ वटा खेल मात्र खेल्न पाउने छन्। नेपालले एशियन कप क्वालिफायरमा अगस्ट २९ मा ओमानको सामना गर्दै छ। क्वालिफायरमा नेपालसहित युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्दै छन् । क्वालिफायरको विजेताले एशियाकपमा भारत र पाकिस्तानको सामना गर्ने छन्।   

यसअघि पाचौ संस्करण सम्पन्न भएको सिपिएल प्रतियोगिता छैठौ पटक हुदै छ । सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै