सन्दीपको उत्कृष्ट बलिङका बाबजुद प्याट्रोयट्स पराजित 

खरीबोट
ad

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ। 

प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।  गुयानाका लागि शिमरन हेटम्यारले सर्वाधिक ७९ रन बनाएका थिए भने क्रिश ग्रीनले २५ र जासन मोहमदले १६ रन बनाएका थिए। प्याट्रोयट्सका लागि सन्दीप र सेल्डान कोट्रेलले २-२ विकेट लिएका थिए।  प्याट्रोयट्सका सन्दीप बाहेक अन्य बलर निकै महंगा साबित भएका थिए।  

सन्दीपले भने सिपिएलमा आफ्नो डेभ्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा केबल १२ रन दिएर २ विकेट लिएका थिए। सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।

यस अघि सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले पहिला ब्याटिंग गर्दै कप्तान क्रिस गेलको तुफानी ८६ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो।    

सम्बन्धित समाचार

एपिएलको पहिलो खेलमा सन्दीपले २ विकेट लिएपनि ननगरहर पराजित 

काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने पहिलो खेल खेल्दै २ विकेट लिए पनि उनको टिम ननगरहर लियोपार्ड पराजति भएको छ।  ननगरहर लियोपार्ड पक्तिया प्यान्थरसँग ७ विकेटले पराजित भएको

एपिएलमा पक्तिया प्यान्थरविरुद्ध सन्दीप प्लेइङ एघारमा, लाइभ हेर्नुहोस 

काठमाडौँ। अफगानिस्तान प्रिमियर लिग (एपिएल) युएइ पुगेका सन्दीप लामिछाने अहिले सुरु भएको खेलमा पक्तिया प्यान्थरविरुद्ध प्लेइङ एघारमा परेका छन्। ननगरहर लियोपार्डबाट एपिएल खेल्न लागेका सन्दीपले एपिएलमा पहिलो खेल खेल्न लागेका

अफगानिस्तान प्रिमियर लिग खेल्न सन्दीप युएइतर्फ, पहिलो खेल आजै खेल्ने

काठमाडौँ। टि-२० विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शनपछि नेपाली युवा बलर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग खेल्न युएइ तर्फ लागेका छन्।   अफगानिस्तान प्रिमियर लिगको टिम नगरहर लिओपार्डसको लागि खेल्न शुक्रबार रातिनै युएई

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको नयाँ किर्तिमान  

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सिंगापुर विरुद्ध ४ विकेट लिएर  बलर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नयाँ किर्तिमान बनाएका छन्।  प्रतियोगितामा सन्दीपले ६ खेलमा कुल


z