• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको उत्कृष्ट बलिङका बाबजुद प्याट्रोयट्स पराजित 

kharibot

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ। 

प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।  गुयानाका लागि शिमरन हेटम्यारले सर्वाधिक ७९ रन बनाएका थिए भने क्रिश ग्रीनले २५ र जासन मोहमदले १६ रन बनाएका थिए। प्याट्रोयट्सका लागि सन्दीप र सेल्डान कोट्रेलले २-२ विकेट लिएका थिए।  प्याट्रोयट्सका सन्दीप बाहेक अन्य बलर निकै महंगा साबित भएका थिए।  

सन्दीपले भने सिपिएलमा आफ्नो डेभ्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा केबल १२ रन दिएर २ विकेट लिएका थिए। सन्दीपले आफ्नो पहिलो बलमा नै वेस्टइन्डिजका चडविक वाल्टनलाई ९ रनमा र चौथो ओभरको दोस्रो बलमा जासन मोहमदलाई १६ रनमा आउट गरेका थिए।

यस अघि सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले पहिला ब्याटिंग गर्दै कप्तान क्रिस गेलको तुफानी ८६ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै