• २०८१ बैशाख ७ शुक्रबार

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष

kharibot

फाइल तस्विर । 

काठमाडौँ  / नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ । 

लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौँको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो । रु ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए । उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ । 

“भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ,” उनले भने  । भवन निर्माणका लागि सरकारले चालू आवमा रु दुई करोड १० लाख विनियोजन गरेको छ । सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ । हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै