आवासीय विद्यालय भएपछि गाउँमै फकिए विद्यार्थी

खरीबोट
ad

मनाङ / गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन् । 

गुणस्तरीय शिक्षा आजको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियो । 

भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो । 

गुणस्तरीय शिक्षाको अभबमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो । यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए । 

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको भनाइ थियो । विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन् । अभिभावक काइली गुरुङले भनिन् , “छोराछेरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ ।” 

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ । हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ । बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ ।

सम्बन्धित समाचार

शहीद स्मारक ए डिभिजन लिग : मनाङ्को विजयी शुरुवात

काठमाडौँ। मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुवात गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले विजयी शुरुवात

मनाङको स्याउ अवलोकन गर्दै प्रधानमन्त्री ओली !

  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मनाङमा एग्रो मनाङ प्रालिको स्याउ फार्म अवलोकन गर्दे । साथमा प्रधानमन्त्री धर्मपत्नी राधीका शाक्यलगायत । तस्वीर : समुन्द्रा घिमिरे, लमजुङ, रासस

ठूला होटलमा खपत हुन्छ मनाङको आलु

मनाङ । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ ।

उडान प्रतिबन्ध खेपेको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइयो

सिमकोट /  मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ ।  मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो


z