मलेसियन प्रिमियर लिगमा सागर पुनले हाने दोस्रो शतक 

खरीबोट

काठमाडौँ।  मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्।

मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि शतकीय पारी खेलेका हुन्।

 सागरले आफ्नो शतकीय पारीमा ११८ बल खेल्दै ९ चौका प्रहर गरेका थिए। । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सगरको शतकसहित ३०५ रन बनाएको छ ।

क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन  बनाए।  ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।

सेलाङ्गोरविरुद्धको यो खेल क्वालाम्पुरले खेल १२२ रनले जितेको छ। 

यस खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म  ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४४२ रन बनाएर मलेसियन प्रिमियर लिगमा अहिएलेसम्म सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहेका छन् । साथै सागरले ९ खेलमा ९ विकेट पनि लिएका छन्। 

सागर खेलेको टिम क्वालालाम्पुर  मलेसियन प्रिमियर लिगको अंक तालिकामा पनि शिर्ष स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

युएईविरुद्ध खेल्ने १६ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा, को को परे ?

काठमाडौँ। नेपालको युएईसँग हुने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि १६ सदस्यीय खेलाडीको छनौट गरिएको छ। आगामी माघ ९ देखि २० गते (जनवरी २३ देखि फेब्रुअरी ३ ) सम्म हुने

आइसिसीको टी–२० बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।  यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस

क्रिकेटर सागर पुनको शल्यक्रिया, ६-७ महिना मैदान बाहिर 

काठमाडौँ। क्रिकेटर सागर पुनको खुट्टामा चोट लागेपछि शल्यक्रिया गरिएको छ । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) का दौरान उनको दाहिने खुट्टाको एंकलमा चोट लागेको थियो । जसका कारण उनको शल्यक्रिया

टी–२० विश्वकप छनौट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।  यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने


z