• २०८१ बैशाख ७ शुक्रबार

मलेसियन प्रिमियर लिगमा सागर पुनले हाने दोस्रो शतक 

kharibot

काठमाडौँ।  मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले शतक प्रहार गरेका छन्।

मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि शतकीय पारी खेलेका हुन्।

 सागरले आफ्नो शतकीय पारीमा ११८ बल खेल्दै ९ चौका प्रहर गरेका थिए। । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सगरको शतकसहित ३०५ रन बनाएको छ ।

क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन  बनाए।  ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।

सेलाङ्गोरविरुद्धको यो खेल क्वालाम्पुरले खेल १२२ रनले जितेको छ। 

यस खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म  ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४४२ रन बनाएर मलेसियन प्रिमियर लिगमा अहिएलेसम्म सर्वाधिक रन बनाउने खेलाडीका रूपमा रहेका छन् । साथै सागरले ९ खेलमा ९ विकेट पनि लिएका छन्। 

सागर खेलेको टिम क्वालालाम्पुर  मलेसियन प्रिमियर लिगको अंक तालिकामा पनि शिर्ष स्थानमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै