• २०८१ बैशाख ८ शनिबार

स्कुल बस चलाउने नाबालक पक्राउ 

kharibot

बारा। बाराको पथलैया स्थित २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सड्कमा गम्भीर लापर्वाही गर्ने स्कुल बससहिँत त्यसका चालकलाई पक्राउ गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा स्थित माउण्ट एभरेष्ट ईंङ्गलिस स्कुलको अमलेखगंज स्थित शाखा एन्जल निम्न माध्यामिक विद्यालयको उक्त बस शुक्रवार विहान करिब १० बजेको समयमा बिरगंज–पथलैया सड्क खण्डको जीतपुरसिमरा वडा नं.१ स्थित सड्कमा बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । 

बा.४.ख.३९६१ नम्बरको उक्त बस चलाउँने जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ दशधुरेका १३ वर्षिय बालक सिलिप पासवान र बसका चालक महोत्तरी जिल्लाको खयरमार घर भई हाल अमलेखगंज बस्दै आएका ३६ वर्षिय लोकमान मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

पासवान उक्त बसको सहयोगिका रुपमा कार्यर्त रहेको र शुक्रवार चालक मोक्तानले विद्यार्थी छोडेर फर्कने क्रममा पासवानलाई बस चलाउँन दिएको ट्राफिक प्रहरीले जनाएको छ । 

सड्कमा लापर्वाही गर्ने चालक र बालक दुबैलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिमरामा आवश्यक कारवाहीका लागि पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता एवंम् ट्राफिक प्रहरी नायव उपरीक्षक यमनाथ अधिकारीले जानकारी दिए । 

शुक्रवार प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयामा घटना बारे जानकारी गराउँन आयोजित पत्रकार सम्मेलनमा प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बज्राचार्यले बालकले मुख्य राजमार्गमा स्कुल बस चलाएको देख्दा आँफूहरु अचम्मित भएको बताईन् । ‘सडकमा सवारी लिएर मानिसले कति सम्म लापर्वाही गर्न सक्छन् भन्ने कुरा यो घटनाले उजागर गरेको छ’ डिएसपी अधिकारीले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै