• २०८१ बैशाख ६ बिहीबार

काठमाडौँ महानगरद्वारा स्मार्ट पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउदै 

kharibot

काठमाडौँ।  मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । 

काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए । 

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरी अन्य स्थानमा पनि निर्माण गरिने कामपा सार्वजनिक एकाइ प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ । कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए सो स्थानमा सवारी साधन पार्किङ गर्न लगेमा त्यहाँ ठाउँ पाइनेछैन । 

दर्ता गरिएको सवारी साधनको नम्बर सही छ वा छैन भनी ‘सेन्सर मेशिन’ले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्क गर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ, उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले बताए । 

नयाँ सडकमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ स्थल निर्माण गर्ने तयारी पनि कामपाको छ । उक्त पार्किङस्थलमा एकै पटकमा सानाठूला गरी झण्डै एक हजार सवारी साधन राख्न मिल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै