• २०८१ बैशाख ६ बिहीबार

दाहाल यज्ञनिधि रहेनन् 

kharibot

काठमाडौं। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ । 

दाहाल यज्ञनिधिको उपचारको क्रममा शुक्रबार साँझ सुमेरु अस्पतालमा निधन भएको हो।  फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए ।

दुईवटै मृर्गौलाले काम नगरेपछि २०५७ फागुन १० गते उनको मृर्गौला फेरिएको थियो। फेरेको मृर्गौलाले काम नगरेपछि २०६८ साउत २२ गतेदेखि ओछ्यान परेका दाहाल त्यसगता डाइलसिस गराउँदै आएका थिए ।

सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा चर्चित नाम हो । रेडियो नेपाल, एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्ण नेपालमा कार्यरत थिए ।

नेपाली निबन्ध कविता र गीतका सर्जक दाहालको साझा प्रकाशनबाट ‘जदौका निबन्ध’ नाम एकमात्र कृति प्रकाशित छ । ६५ वर्षीय दाहाल काठमाडौंको मण्डिखाटारस्थित घरमा आमा र श्रीमतीसँग बस्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै