जाजरकोट पहिरोमा परी बेपत्ता गोविन्द परियारको शव छ दिनपछि भेटियो

खरीबोट

जाजरकोट। यहाँको भेरी नगरपालिका–३ ठाँटीमा आइतबार पहिरोमा परी बेपत्ता भएका नलगाड नगरपालिका–३ का १२ वर्षीय गोविन्द परियारको शव आज फेला परेको छ । 

घटनाको छैटाँै दिन उहाँको शव फेला परेको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताउनुभयो । गत आइतबार पहिरोमा पुरिएका आठको शव निकालिसकेको छ । पहिरोमा बेपत्ता भएका गोविन्द नभेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका थिए । 

घरमा गृहकार्य गरिरहेको बेला आइतबार बिहान आएको पहिरोले उनलाई घरसँगै पुरेको थियो । उनका भाइ गोविन्दको पनि पहिरोमा परी मृत्यु भएको थियो । आमाबाबु सानैमा गुमाएका उनीहरु दिदीसँग सदरमुकामस्थित गोपाल सुनारको घरमा भाडामा बस्दै आएका थिए । 

मृतककी दिदी काममा गएकी र भाइ पानी लिन गएकाले उनीहरु बाँच्न सफल भएका थिए । पहिरोमा पुरिएका एकलाई भने जीवितै उद्धार गरिएको थियो । पहिरोमा परी आठ बालबालिकासहित नौको ज्यान गएको छ । 

सम्बन्धित समाचार

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा

जाजरकोट । यहाँको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । नहकुली अर्गानिक

जाजरकोटका दर्जन बढी विकास आयोजना अलपत्र

जाजरकोट । वर्षौंदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र

जाजरकोटमा सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

जाजरकोट । परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ ।  मङ्गलबार बिहानैदेखि

जाजरकोटमा जापानी चामल ४५ रुपैयाँ किलोमा किन्न पाइने

जाजरकोट । जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ । यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो


z