साताको सेयर : कारोवार रकम १४ प्रतिसतले घट्यो, साताभर ९१ करोड ८७ लाखको सेयर कारोबार  

खरीबोट
ad

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार तीन सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४ दसमलव ६८ प्रतिशत कम हो । 

गत साता एक सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५ हजार तीन सय १० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा नौ दसमलव २५ अंकले घटेर अन्तिम दिन ११ सय ८० दसमलव ६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दसमलव ८४ अंकले  घटेर दुुई सय ४९ दसमलव १३ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम पाँच करोड ९० लाख ४० हजार रुपैयाँको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ८५ हजार कित्ताको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या आठ सय ७७ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 
 

सम्बन्धित समाचार

टिकेन नेप्सेमा अधिल्लो दिनको बृद्धिदर, कारोवार रकममा सामान्य बृद्धि 

काठमाडौं। अघिल्लो दिन सुधार देखिएको सेयर बजार आज सोमबार भने घटेको छ । नेप्से सुचक आज एक दसमलव ९८ अंकले घटेर १२ सय ५४ दसमलव ४१ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य

दशै लगत्तै खुुलेको नेप्सेमा झण्डै पाँच अंकको बृद्धि, १४ करोडको कारोवार 

काठमाडौ। दशैं लगत्तै आज पहिलो दिन खुुलेको सेयर बजारमा पहिलो दिन सुुधारोन्मुुख दिशामा देखिएको छ ।  नेप्से सुचक चार दसमलव ८९ अंकले बढेर १२ सय ४६ दसमलव ५२ बिन्दुुमा चढ्दा

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर। अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान,

आज पनि दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै सेयर बजार परिसुचक नकारात्मक देखिएको छ ।  परिसुचक आज १३ दशमलव एक अंकले घटेर १२ सय १४ दशमलव ३६ विन्दुमा झर्दा सेन्सिटिभ


z