• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : कारोवार रकम १४ प्रतिसतले घट्यो, साताभर ९१ करोड ८७ लाखको सेयर कारोबार  

kharibot

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार तीन सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४ दसमलव ६८ प्रतिशत कम हो । 

गत साता एक सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५ हजार तीन सय १० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा नौ दसमलव २५ अंकले घटेर अन्तिम दिन ११ सय ८० दसमलव ६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दसमलव ८४ अंकले  घटेर दुुई सय ४९ दसमलव १३ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम पाँच करोड ९० लाख ४० हजार रुपैयाँको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ८५ हजार कित्ताको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या आठ सय ७७ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै