क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

खरीबोट
ad

मन्टेरियल, क्यानडा । क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहानै ब्रुकसाइडनजिकै दर्जनौँ गोलीको आवाजसँगै आफूहरू ब्युझिएको बताएपछि सुरक्षा अधिकारीले आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेको भन्दै सबै स्थानीयलाई घरभित्रै रहन ट्वीटरमार्फत आग्रह गरिएको थियो ।

आक्रमणकारीबाट स्थानीय मारिएको सूचना आएको करिब एक घण्टापछि प्रहरीले एक जना शङ्कास्पद आक्रमणकारीलाई प्रहरी हिरासतमा लिइसकेको जनाएको छ ।

अहिलेसम्म एक शङ्कास्पद आक्रमणकारीलाई पक्राउ गरी प्रहरी हिरासतमा लिएका छौँ । न्यू ब्रन्सविक प्रान्तको राजधानीमा भएको उक्त आक्रमणको कारण यो समाचार तयार पार्दासम्म थाहा हुन नसकेको तर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

शहरको आवासीय क्षेत्रमा आक्रमण भएको क्यानाडेली टेलिभिजन सीबीसीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, स्वास्थ्यकर्मीहरूको समूह तथा अग्नी नियन्त्रक पुगेको सीवीसीले जनाएको छ ।

टेलिभिजनमा प्रहरीले स्थानीयलाई सुरक्षा दिई सुरक्षितस्थलतर्फ लगेको देखाइएको छ ।

विहान सात बजे आफूले शृंखलावद्धरूपमा पटकाको आवाज आएको सुनेको स्थानीय रोबर्ट डिडिओडाटोलाई उद्धृत गरी सीबीसीले जनाएको छ । आवाज बन्दूकबाट गोली चलाएकोजस्तो सुनिएको रोबर्टले बताएका सीबीसीले जनाएको छ ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ । तर क्यानाडाली प्रहरीले घटनामा आइएसको सम्लग्नताको सम्भावनालाई नकारेको छ ।

सम्बन्धित समाचार

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौतामा वातावरणीय मुद्दा कमजोर !

अमेरिका । वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

अमेरिका । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी

क्यानडा बन्दूक आक्रमणमा दुई प्रहरीसहित चारको मृत्यु

मन्टेरियल, क्यानडा । क्यानडाको पूर्वी शहर फेडिरिक्टनमा शुक्रबार एक अज्ञात समूहले गरेको बन्दूक आक्रमणमा परी दुई प्रहरीसहित चारजनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहानै ब्रुकसाइडनजिकै दर्जनौँ गोलीको आवाजसँगै

ग्लोबल टि-२० लिग खेल्न सन्दीप आज क्यानडा जादै, पहिलो खेल गुमाउने 

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामीछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने ढिलो गरि पुग्ने भएका छन् । गएरातीबाट सुरु भएको ग्लोबल टि-२० लिगका लागि क्यानडा जान सन्दीपको भिसा प्रक्रियाले


z