तुलसीपुर उपमहानगरपालिकाद्वारा असारे योजना रोक्ने निर्णय

खरीबोट
ad

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले असार महिनामा योजना सम्पन्न गर्ने प्रवृत्ति अन्त्य गर्ने निर्णय गरेको छ ।

अधिकांश बजेटको कार्यान्वयन असारमा हुने र आर्थिक वर्षको अन्तमा विकास र निर्माणका कार्यमा तदारुकता देखाउने गरेकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । पैसा फ्रिज हुन नदिनका लागि मात्रै योजना सम्पन्न गर्ने प्रवृत्तिको हामीले अन्त गर्न खोजेका हौँ,” उपमहानगरप्रमुख घनश्याम पाण्डेले भने ।

उनले छिटो गरिएका विकास तथा निर्माणका काम दिगो र प्रभावकारी नहुने भन्दै समयमै योजना सम्पन्न गर्नका लागि उपमहानगरपालिकाको ४० औँ कार्यपालिका बैठकबाट प्राथमिकताका आधारमा योजनाको वर्गीकरण गरेर काम गर्ने योजना अगाडि सारेको बताए ।

कार्यपालिका बैठकले गरेको निर्णयअनुसार योजनालाई तीन चरणमा विभाजन गरिने भएको छ । पहिलो चरणमा जनताका लागि अत्यावश्यक योजना राखिने र दोस्रो तथा तेस्रो चरणमा कम आवश्यकताका योजनालाई प्राथमिकतामा राखेर काम गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले बताए । उनले कार्यपालिकाले पारित गरेका सबै बजेटको कार्यान्वयन सुनिश्चित नहुने भएकाले अत्यावश्यक योजना नछुटुन भनेर यस्तो गरिएको पनि जानकारी दिए ।

उपमहानगर प्रमुख पाण्डेले योजनाको व्यवस्थापनका साथै विकासलाई प्रभावकारी बनाउन प्राथमिकताको आधारका योजना वर्गीकरण गरिएका हुन् भने ।

योजनाको प्राथमिकीकरणअन्तर्गत पहिलो चरणमा हुने योजनाको सम्झौता पुस मसान्तसम्म, दोस्रो चरणको सम्झौता फागुन मसान्त र तेस्रो चरणको सम्झौता वैशाख १५ सम्म हुने भएको छ । सबै योजनाको सम्झौता भदौबाट शुरु हुने छन् ।

नयाँ बजेट प्रणालीअन्तर्गत पुस महिनाभित्र बजेटको विश्लेषण गरेर दोस्रो र तेस्रो प्राथमिकतामा परेका योजनामा कति रकम छुट्याउने भन्ने कुराको निक्र्यौल गरिने बताइएको छ ।

सम्बन्धित समाचार

घोराही उपमहानगरलाई बालमैत्री बनाइने

दाङ । घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन गृहकार्य थालिएको छ । उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई सोमबार बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको छ । सबै वडामा बालमैत्री कार्यक्रम तय

दाङको टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सको सफल परिक्षण उडान

तुलसीपुर। लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सको विमानले आज परिक्षण उडान गरेको छ।   तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको

दाङमा सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

दाङ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा

दाङमा बिपीको शालिक बन्दै

दाङ । नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरालाको शालिक दाङको सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका


z