• २०८१ बैशाख ७ शुक्रबार

नेतन्याहुद्वारा गाजामा ‘पूर्ण’ युद्धविरामको माग

kharibot

जेरुसेलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार गाजामा हमासका पक्षबाट ‘पूर्णरूपमा’ युद्धविरामको माग गरेका छन् । 

इजरायल तथा हमास पक्षबीचको विवादबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै नेतन्याहुले उक्त माग राखेका हुन् । 

इजरायल र हमास समूहबीच दीर्घ–कालीन युद्धविराम गराउन संयुक्त राष्ट्रसंघका अधिकारी र इजिप्टले पहल जारी राखेका समय नेतन्याहुबाट उक्त प्रतिक्रिया आएको हो । पहलबारे इजरायली पक्षद्वारा भने कुनै प्रतिक्रिया आएको छैन । 

जुलाईदेखि अहिलेसम्म हमास र इजरायलबीच हिंसात्मक तीन घटनाहरू भएका छन् । 

“हामी गाजामा आतङ्कवादविरोधी अभियानको मध्यतिर छौँ,” नेतन्याहुले मन्त्रीपरिषद्को बैठकको सुरुमा भने । “यो एउटा सशक्त कारबाहीविना अन्त्य हुनेछैन ।” 
उनले भने, “हाम्रो माग प्रष्ट छ । पूर्ण युद्धविराम । त्योभन्दा कम कुराले हामी सन्तुष्ट हुँदैनौँ ।” 

पछिल्ला दिनहरूमा प्रधानमन्त्रीमाथि हमासविरुद्ध कडा रूपमा प्रस्तुत बन्न राजनीतिक दवाव आएको छ । यद्यपि इजरायली प्रशासन तथा हमास दुवै पक्षले युद्ध शुरु गर्ने मनस्थितिमा भने छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै