• २०८१ बैशाख ८ शनिबार

दीर्घरोगीलाई उपचार खर्च दिने छथर गाउँपालिकाको निर्णय

kharibot

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रू. ५ हजारदेखि २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सातवटा वडा छन् । ती गाउँमा रहेका मुटुरोग, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक रूपमा एकपटक रू. ५  हजारदेखि २५ हजारसम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रमसमेत अघि सारेको उनको भनाइ छ । गाउँपालिकाले आव २०७५/०७६ मा दीर्घरोगी सहयोग कोषमा रू. पाँच लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै