प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

खरीबोट

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् । 

अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले भने यसको नाम मिथिला–भोजपुरा, मध्यमधेश राख्नुपर्नेमा जोड दिएका छन् । 

राज्य पुनःः संरचना आयोगले प्रदेश सीमाङ्कनका लागि पहिचान र सामथ्र्यका गरी नौ वटा आधार तय गरेकाले सोही बमोजिम जिल्लाको पहिचान हुनेगरी यहाँको मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई आधार बनाइएको हो । महाभारत, रामायण, उपनिषद्जस्ता ग्रन्थमा मिथिला र जनकपुरधामको चर्चा गरेको पाइन्छ । 

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका मैथिली बिभागका उपप्राध्यापक तथा साहित्यकार श्यामसुन्दर शशीले पूर्वीय छ दर्शन (षडदर्शन) मध्ये चार दर्शन मिथिला भूमि अर्थात् जनकपुरमै लेखिएको प्रमाणित भइसकेकाले पहिचानको हिसाबले जनकपुरधामलाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र यसको नामाङ्कन मिथिला प्रदेश गरिनुपर्नेमा जोड दिएका छन् । 

सहमतिकै आधार र सबैको स्वामित्व हुने गरी यो प्रदेशको नाम तय गरिनुपर्ने तर्क गर्दै अर्का साहित्यकार चन्द्रकिशोर झा भन्छन्, “त्योभन्दा पनि प्राथमिकताको विषय भनेको प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम प्रमुख विषय भएकाले नामभन्दा पनि कामलाई प्राथमिकता दिनु जरुरी छ ।” 

प्रदेशको स्थायी राजधानी, कामकाजी भाषा तथा नामाङ्कनका लागि प्रदेश संसद्मा दुई तिहाइको आवश्यकता पर्ने भएकाले हालसम्म प्रदेश सांसदहरुबीच सहमति भने हुन सकेको छैन । प्रदेश २ मा मैथिली भाषाभाषी ४५ प्रतिशत छन् भने भोजपुरीका १८.५ प्रतिशत छन् । यो प्रदेशको नामाङ्कनका विषयमा मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र बिमल पर्यटन व्यवसायलाई समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम मिथिला–भोजपुरा राख्नुपर्नेमा जोड दिए । संस्कृति, साहित्य तथा भाषाको दृष्टिकोणले पनि भोजपुरा समृद्ध रहेकाले मिथिला–भोजपुरा नाम राखेमा विवाद नहुने उनी बताउछन् । 

साहित्यकार अवधेश पोखरेल पनि पौराणिक आस्थाले भरिएको, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुरलाई अझ समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम जनक, जानकी, मिथिला वा विदेह राख्न सुझाव दिनुहुन्छ भने भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता भन्छन्, “मधेश आन्दोलनको उपज नै सङ्घीयता भएकाले यसको नाम मध्य मधेश हुनुपर्दछ ।” 

प्रदेश २ मा कूल १०७ प्रदेश सांसद छन् । आठ जिल्ला रहेको यस प्रदेशमा बोलिने मुख्य भाषा मैथिली, भोजपुरी र नेपाली हो । केही प्रतिशतले बञ्जिका भाषासमेत बोल्ने गरेको पाइन्छ । 

सम्बन्धित समाचार

प्रदेश २ मा सचिव कुटिएको विषय छानबिन हुदै, समितिले छानबिन थाल्दै   

धनुषा । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानबिन सुरु भएको छ ।  आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र

प्रदेश २ का मन्त्रीले सचिव कुटे !

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका छन् ।  मन्त्रीले भनेको एनजिओलाई योजना नदिएको भन्दै सभामुख सरोजकुमार यादवकै अगाडि आफूलाई

प्रदेश २ को नाम र राजधानीबारे दलहरुबीच विवाद

सिरहा । प्रदेश २ को स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम

विवाह पञ्चमीका अवसरमा प्रदेश २ मा २५ र २६ गते बिदा

जनकपुर। प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।  विवाहपञ्चमी महोत्सव


z