• २०८१ बैशाख ८ शनिबार

आइसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपालका ३ क्रिकेटर समावेश

kharibot

काठमाडौँ।  आइसीसीको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपालका ३ क्रिकेटर समावेश भएका छन्।  

आइसीसीले सोमवार सार्वजनिक गरेको एकदिवसीय खेलको नयाँ वरियतामा नेपालबाट बलिङतर्फ सन्दीप लामिछाने तथा ब्याटिङमा सोमपाल कामी र उपकप्तान ज्ञानेन्द्र मल्ल परेका छन्।

आइसीसीले नेदरल्याण्ड्ससँग २ खेलको पहिलो एकदिवसीय सिरिज खेलेपछि नेपाली खेलाडी पनि वरियतामा समावेश गरेको हो ।

२ एकदिवसीय खेल्दै ४ विकेट लिएका सन्दीप लामिछाने बलिङ तर्फको वरियतामा २१७औं स्थानमा छन् । सोमपाल कामी २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएर ब्याटिङ तर्फको २२९ औं स्थानमा रहेका छन् भने २ खेलबाट नै एक अर्धसतकसहित नेपालका लागि सर्वाधिक ६४ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङको वरियतामा २३६औं स्थानमा रहेका छन्।

यसअघि आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा टि-२० क्रिकेटमा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय भित्र परेका थिए । ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष एक सय खेलाडीभित्र परेका छन् । आइसीसीको टि-२० वरियतामा खड्का ९०औ स्थानमा रहेका छन् भने अर्का खेलाडी भेस्वाकर ९८औ स्थानमा रहेका थिए ।  

यस्तै टि-२० क्रिकेटको वरियताको बलिङतर्फ बसन्त रेग्मी ७१औ स्थानमा रहेका छन् भने नेपालका तिब्र गतिका बलर सोमपाल कामी टि-२० को वरियतामा ९२औ स्थानमा रहेका छन्। 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै