• २०८३ जेठ १० आइतबार

टेस्ट क्रिकेट परिवर्तनको छलफलमा आइसीसी

टेस्ट क्रिकेट परिवर्तनको छलफलमा आइसीसी

काठमाडौँ । टेस्ट क्रिकेटमा चाँडै ठूलो परिवर्तन देखिन सक्ने संकेत देखिएको छ । अब दिनको समयमा खेलिने टेस्ट खेलमा पनि गुलाबी बल प्रयोग गर्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले छलफल सुरु गरेको छ।

हालसम्म गुलाबी बल केवल दिन-रात टेस्ट खेलमा मात्र प्रयोग हुँदै आएको थियो । तर हालै जिम्बाब्वेको हरारेमा बसेको आईसीसी क्रिकेट समितिको बैठकमा दिनको टेस्ट खेलमा रातो बलको सट्टा गुलाबी बल प्रयोग गर्न सकिने प्रस्तावमाथि छलफल भएको बताइएको छ ।

प्रतिवेदनअनुसार खराब प्रकाश वा वर्षाका बेला रातो बल स्पष्ट नदेखिने समस्या खेलाडी र अम्पायरले झेल्दै आएका छन् । यस्तो अवस्थामा गुलाबी बल बढी स्पष्ट देखिने भएकाले यसको प्रयोग विस्तार गर्ने सुझाव आएको हो ।

आईसीसी बैठक मे २१ मा बसेको थियो भने अब फेरी मे ३०- ३१ मा अहमदावादमा सकिएको थियो । त्यसपछि आगामी अक्टोबर १ देखि नयाँ नियम लागू हुन सक्ने चर्चा सुरु भएको छ । यद्यपि अन्तिम निर्णय भने आईसीसी बोर्डको स्वीकृतिपछि मात्रै हुने बताइएको छ ।

क्रिकेट समितिले गुलाबी बल प्रयोग गर्नुअघि दुवै टोलीको सहमति आवश्यक हुने धारणा राखेको छ । रातो र गुलाबी बलको व्यवहार फरक हुने भएकाले त्यसले ब्याटिङ र बलिङ दुवैमा असर पार्न सक्ने बताइएको छ । यदि यो नियम लागू भएमा टेस्ट क्रिकेटको परम्परागत स्वरूपमै ठूलो परिवर्तन आउने विश्वास गरिएको छ। साथै खराब प्रकाशका कारण खेल रोक्नुपर्ने समस्या पनि कम हुन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै