• २०८३ जेठ १० आइतबार

मुम्बईलाई हराउदै राजस्थान रोयल्स आइपिएलको प्लेअफमा

मुम्बईलाई हराउदै राजस्थान रोयल्स आइपिएलको प्लेअफमा

काठमाडौँ । राजस्थान रोयल्स आइपिएलको प्लेअफमा पुगेको छ । आइतबार सम्पन्न खेलमा राजस्थानले मुम्बई इण्डियन्सलाई पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

राजस्थानले मुम्बईलाई ३० रनले पराजित गरेको हो । राजस्थानले दिएको २०६ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ६० रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ३४ र विल ज्याकले ३३ रन बनाए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर, बृजेश शर्मा र यश राज पुन्जाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

राजस्थानका लागि ध्रुब जुरेलले ३८, जोफ्रा आर्चरले ३२, दासुफ शनाकाले २९, यशश्वी जैसवालले २७ रन र रविन्द्र जडेजाले १९ रन बनाएका थिए । त्यसैगरी मुम्बईका बलर दिपक चहर र श्रदुल ठाकुरले २-२ विकेट लिएका थिए । 

यो जितपछि राजस्थानको १४ खेलमा १६ अंक भएको छ र प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । अब राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदरावादसँग आगामी बुधबार खेल्ने छ ।

यो खेलसँगै अब प्लेअफको दौडबाट पञ्जाव किंग्स, कोलकोता नाइट राइडर्स पनि बाहिरिएका छन् । त्यस्तै चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्ट यस अघि नै बाहिरिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै