• २०८१ बैशाख ७ शुक्रबार

दमकमा बम विष्फोट

kharibot

दमक । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयनजिक मंगलबार बिहान बम विष्फोट भएको छ ।

ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा छ ।

दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै