• २०८३ जेठ १३ बुधबार

घुस लिएका प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्धा दायर

घुस लिएका प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्धा दायर

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले उनलाई ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उनले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ नगरी मिलाइदिने र सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त रकम ५० हजार नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले सोही ऐनको दफा ३ अनुसार कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै