• २०८१ बैशाख ८ शनिबार

कपिलवस्तुमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो 

kharibot

कपिलवस्तु।  कपिलवस्तु जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । 

१९ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम गरी जिल्ला युवा समितिले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । 'युवाका लागि सुरक्षित वातावरण' भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइएको छ ।  

कपिलवस्तु नगरपालिका मेयर किरण सिंह प्रमुख अतिथि रहेको सो कार्यक्रममा कपिलवस्तु जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कपिलवस्तु नगरपालिकाको सभा हलमा भएको सो कार्यक्रममा जिल्लाका २ सय युवाको सहभागीता थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै