• २०८१ बैशाख ७ शुक्रबार

म निजी र व्यवसायिकरुपमा सहि ठाउमा छु - आलिया भट्ट 

kharibot

मुम्बई। बलिवुड अभिनेत्री आलिया भट्टले आफु निजीरुपमा र व्यवसायिक रुपमा सहि ठाउमा भएको बताएकी छन्।

हाल अभिनेता रणवीर कपुरसँग अफयेर्समा रहेकी आलियाले आउदो बर्ष रणवीर कपुरसँग विवाह हुन लागेको चर्चा चलिरहेको बेला आलियाले यस्तो बयान दिएकी छन्। 

आलियाले पत्रकारसँग कुरा गर्दै आफुले हल्लाहरुलाई सुनेर रियाक्सन नदिने भन्दै आफु निजीरुपमा र व्यवसायिक रुपमा सहि ठाउमा भएको बताएकी छन्। 

रणवीरले केहि समय अघि आलियासँगको आफ्नो सम्बन्धका बारे खुलासा गरेका थिए। दुवैले हाल ब्रह्मास्त्र फिल्ममा सँगै काम गरिरहेका छन्। 

आलियाले अभिनय क्षेत्रमा काम नै अभिनय गर्ने भएको भन्दै क्यामरा अगाडी गएपछि ठुलो, सानो, दुखि खुशी भन्ने कुरा नहुने बताइन। 

मिडिया रिपोर्टका अनुसार रणवीर कपुरका आम बाबु नितु कपुर र ऋषि कपुरले आलियालाई आफ्नी बुहारी बनाउन मन्जुरी दिएपछि उनीहरुको आउदो बर्ष विवाह हुनसक्ने बताइएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै