काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी, बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ भने काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना, कोशी प्रदेशमा ४६ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा २१ जना घाइते भएका छन् भने कर्णालीमा ४ जना र लुम्बिनीमा १८ जना घाइते भएका छन् ।









