काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।
मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् ।
उनले भने- 'कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
७७४ बीवाईडी विद्युतीय गाडी बजेट अघि नै भन्सार पास गरेर ल्याउदै गरेको अवस्थमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको थियो । यस प्रकरणमा सरकारले छानबिनका लागि समिति गठन गरेको छ भने भन्सार र मन्त्रालयका केहि कर्मचारीलाई कारवाही गरेको छ ।









