अमेरीकन रेडक्रसद्वारा अभ्यास सामग्री हस्तान्तरण

खरीबोट
ad

काठमाडौँ।  अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । 

विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक उपचारकलाई तालिम दिन उपयोगी हुने यी मेनीकिनहरु कृत्तिम श्वासप्रस्वास अभ्यासमा प्रयोग गरिन्छन् । 

अमेरीकन रेडक्रस सोसाइटीका प्रतिनिधी लिला मुलुकुटलाले नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वालाई एक समारोहका विच आज केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेकी हुन् । ति मेनीकिनहरुको कुल लागत बाह्र लाख तीस हजार नेपाली रुपैया रहेको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । 

नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार विभाग, विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, विभिन्न गोदामघरहरु, उत्थान परियोजना तथा तयारी परियोजना मार्फत् सञ्चालन हुने तालिम ति मेनीकिनहरु प्रयोगमा आउने छन् ।

स्वास प्रश्वास समस्या भएकालाई कसरी जीवन वचाउन सकिन्छ भनी उपचारकलाई सिकाउन यी मेनिकिन सहयोगी हुने पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

रेडक्रसका महासचिव सोमबार नेपाल आउँदै

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै छन् । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन्

अमेरीकन रेडक्रसद्वारा अभ्यास सामग्री हस्तान्तरण

काठमाडौँ।  अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।  विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक

 स्थानीय तह र सरोकारवालाको लागि रेडक्रसको खोज, उद्धार तथा राहत सम्बन्धी तालिम 

गुल्मी । गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह  तालीम  आजदेखि सुरु गरिएको छ ।   जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार

विपदबारे प्रारम्भिक सुचना संकलन गर्न मोबाइल एप्सको प्रयोग गरिने  

काठमाडौँ ।  विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण सँकलन फारम र मोबाइल एप्लिकेशन तयार भएको छ ।  यो फारम र एप्लिकेशन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा