• २०८१ बैशाख ८ शनिबार

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो खेलमा लिए २ विकेट   

kharibot

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को तेस्रो खेलमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका छन्।  तो सँगै सन्दीपले सिपिएलको तीन खेलमा ५ विकेट लिएका छन्। 

आजको खेलमा सन्दीपले जमैकाका केन्नर लुइसलाई ४९ रनमा आउट गरेका थिए भने आन्द्रे म्याककर्थीलाई शुन्य रनमा आउट गरेका थिए।  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले टस जितेर पहिला बलिङ गरेको यस खेलमा किफायती बलिङ गरेका हुन्।

जमैकाले पहिला ब्याटिंग गर्दै प्याट्रीयोट्सलाई १७९ रनको लक्ष्य दिएको छ।  जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएको छ।  

सन्दीपले यसअघि खेलेको दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए भने पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए । यो सँगै सन्दीपले सिपिएलका ३ खेलमा ५ विकेट लिएका छन्।

नेपाली राष्ट्रिय टिम अहिले एशियन कप क्वालिफायरको तयारीमा जुटिरहेको भएपनि सन्दीप भने सिपिएल खेलिरहेका छन्।  नेपाली राष्ट्रिय टोली आगामी २० अगस्टमा क्वालिफायरको तयारीका लागि श्रीलंकामा अभ्यास खेलका लागि जाने कार्यक्रम छ भने सन्दीप भने नेपाली टिमलाई सिधै मलेसियामा भेट्ने गरी वेस्टइन्डिजबाट फर्किने छन्।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै