• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको उत्कृष्ट बलिङका बाबजुत प्याट्रोयट्स जमैकासँग पराजित 

kharibot

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स पराजित भएको छ।  जमैका तल्लावाहाले दिएको १७९ रनको लक्ष्य पछ्याएको प्याट्रोयट्सले २० ओभरमा ९ विकेट गुमाउदै केबल १३१ रन बनाएपछि प्याट्रोयट्स ४७ रनले पराजित भएको हो।  

प्याट्रोयट्सको तीन खेलमा यो दोस्रो हार हो। प्याट्रोयट्स तिन खेलमा एक इत र २ हारसँगै २ अंकसहित पाचौ स्थानमा रहेको छ।         

प्याट्रोयट्स पराजित भएपनि आफ्नो तेस्रो खेलमा पनि नेपालका युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका छन्।  सन्दीपले एकै ओभरमा जमैकाका दुई ब्याट्तोम्यान लाई आउट गरेका थिए।  यो सँगै सन्दीपले सिपिएलको तीन खेलमा ५ विकेट लिएका छन्। 

यसरी लिए सन्दीपले विकेट :

आजको खेलमा सन्दीपले जमैकाका केन्नर लुइसलाई ४९ रनमा आउट गरेका थिए भने आन्द्रे म्याककर्थीलाई शुन्य रनमा आउट गरेका थिए।  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले टस जितेर पहिला बलिङ गरेको यस खेलमा किफायती बलिङ गरेका हुन्।

सन्दीपले यसअघि खेलेको दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए भने पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए । यो सँगै सन्दीपले सिपिएलका ३ खेलमा ५ विकेट लिएका छन्।

नेपाली राष्ट्रिय टिम अहिले एशियन कप क्वालिफायरको तयारीमा जुटिरहेको भएपनि सन्दीप भने सिपिएल खेलिरहेका छन्।  नेपाली राष्ट्रिय टोली आगामी २० अगस्टमा क्वालिफायरको तयारीका लागि श्रीलंकामा अभ्यास खेलका लागि जाने कार्यक्रम छ भने सन्दीप भने नेपाली टिमलाई सिधै मलेसियामा भेट्ने गरी वेस्टइन्डिजबाट फर्किने छन्।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै