• २०८१ बैशाख ५ बुधबार

मौरीसँग उड्यो भने फूलवारीमा पुगिन्छ - प्रधानमन्त्री ओली

kharibot

काठमाडौं। प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदयेश त्रिपाठी र बृजेश गुप्ता सहितका व्यक्तिहरुलाई नेकपामा प्रवेश गरेका छन्। दुवैले सुर्य चुनाव चिन्ह लिएर चुनाव जितेका थिए। 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्। ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए । प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने पनि बताए। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको नेतृत्वमा देशले विकास र समृद्धिको उडान भर्ने तयारीमा रहेको बताए। पार्टीमा प्रवेश गर्नेहरुलाई ओली र प्रचण्डले अविर र ओलीले खादा लगाएर स्वागत गरेका छन्।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । राजधानी काठमाडौंकै कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नं. ५ बाट नेकपा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले टीका तथा खादा लगाएर स्वागत गरेका छन् । 

त्यस्तै ओखलढुङगाका सयौं नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका हुन । 

ओखलढुंगाका कांग्रेसका पूर्व  जिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्तालाई प्रवेश गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै