निराश नेपाली यूवा !

खरीबोट

लेखक : सुशील पौडेल

ad

काठमाडौँ। अंग्रेजी विषयवाट स्नातकोत्तर पढ्दै गरेको मेरो मिल्ने साथी दुवइको डिपीएस सेक्युरिटी गार्डको सपना वुन्दै काठमाडौ आएको छ उ नेपालमा विकल्प देखेको छैन र राजनैतिक गतिविधि प्रति त्यति रुचीपनि राख्दैन (तथापी उ जिल्ला तहको विद्यार्थी संगठनको जिम्मेवार तहमा छ ) उ केवल विदेश गइ पैसा कमाउने सपना देखेको छ ।  हाम्रो साझँ विहान प्राय: हाम्रो चिया गफ भइरहन्छ । किन वास्तवमा यूवा निराश छन् यो विषयमा म केही कुरा सोच्न वाध्य भए ।।

विषय प्रवेश गर्नुभन्दा अगाडी वास्तवमा कसलाई यूवा भन्ने ? के हो युवा ? यस विषयमा चर्चा गरौं। यूवाको परिभाषा देश अनुसार फरक फरक उमेर समुहलाई जनाउछ । जस्तै वेलायतमा १६ देखि १८ वर्ष, अमेरिका १२ देखि १८ वर्ष, उत्तर इटलीमा १४ देखि १८, दक्षिण इटली १४ देखि २९, अफ्रीका १५ देखि ३५, फिलिपिन्स १५ देखि ३०, केन्या १५ देखि ३५, तान्जिनियामा १५ देखि ३५, नाइजेरीया १२ देखि ३५, मलेशिया १६ देखि ४०, सिंगापुर १५ देखि २९, इन्डोनेशिया १६ देखि ३५, पाकिस्तान १५ देखि २९, वंगलादेश १८ देखि ३५, श्रीलंका १५ देखि २९, नेपालमा १६ देखि ४० उमेर समुहलाई यूवा उमेर समुह भनि परिभाषित गरिएको छ । 

हरेक देशमा यूवा लक्षित गरी आ-आफ्ना देशका सरकारले विशेष यूवा लक्षित कार्यक्रम अगाडी सारको पाइन्छ । नेपालमा पनि सरकारले यूवा लक्षित गरी, यूवा उद्यमशिलता विकास गर्ने मूख्य उद्देश्य राखेर विभिन्न कार्यक्रम लिएको पाइन्छ । तर विडम्वना केवल दुइ चार थान युवा तथा पार्टीका दुइचार व्यक्तिलाई ति कार्यक्रमको फाइदा पाउनु नै लक्षित कार्यक्रमको मुख्य कार्य बनेको पाइन्छ । 

नेपाली हरेक राजनैतिक परिवर्तनमा यूवाको योगदान अतुलनिय ऐतिहासिक रहेता पनि यो जोशीलो यूवा शक्तिलाई सपना देखाउन योग्य बनाउन नसक्नुमा हाम्रो परम्परागत राजनैतिक सोच र चिन्तनले काम गरको छ। राजनैतिक अस्थिरता तथा अव्यवहारिक शिक्षा जस्ता पक्ष पनि यसमा जोडिएर आएको पाइन्छ । नेपाली समाजको व्यवस्था परिवर्तनमा यूवाको सक्रिय सहभागिताले नै राजनैतिक सघर्षका कार्यक्रमहरु निर्णायक भएका छन् । २००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुदै ०४६ को जनआन्दोलन, माओवादी जनयुद्धदेखि २०६३ को जनविद्रोह तथा मधेश थरुहट–जनजाति आन्दोलन सवैमा यूवाले निर्णायक भूमिका निर्वाह गरेको पाइन्छ । 

यूवाको सक्रिय तथा वलिदानीपूर्ण सर्घषवाट जव राजनैतिक नयाँ रुपान्तरणको प्रकृयावाट नयाँ संरचना निमार्णको कुरा आउछ, त्यहाँनेर भने यूवाहरुको अर्थपूर्ण सहभागीता शुन्य प्राय हुन्छ र व्यक्तिको अनुभव नै प्रमुख विषय बनेर आउछ। अर्थात पुरानै अनुहार फेरी दोहोरीएर आउने गर्दछन्, जसले गर्दा यूवाले आफ्नो क्षमता प्रदर्शन गर्ने ठाँउ नै पाउदैनन । 

करिव ४० प्रतिशत रहेको नेपाली यूवाशक्ति भविष्यको कर्णधारको रुपमामात्र व्याख्या नगरी वर्तमानको साझेदार तथा भविष्य निमार्णको आधारको रुपमा परिभाषित गर्नुपर्ने आवश्यकता रहेको छ । आज करिव ६५ लाख नेपाली यूवा आफ्ना मार्कसिट सर्टिफिकेट बाकसमा राखेर खाडी मुलुकमा जान वाध्यछन, यो शक्ति साच्चैँ काम गरी नयाँ समृद्ध नेपाल वनाउन सक्ने शक्ति हो भने नेपालमा रहेको यूवा शक्ति दुइ खालको रहेको पाइन्छ , एकथरि राजनैतिक फोहोरी खेल हो भन्दै राजनैतिक गतिविधिवाट टाढा रहेको छ भने अर्को शक्ति राजनैतिक फोहोरी खेललाइ कमाउ धन्दा वनाएको छ अर्थात राजनैतिको आडमा कमाउ धन्दा चलाएको छ । यहाँ नेर एक दूइ प्रश्न गम्भीर छन ? के यूवा अव आफै रचनात्मक भएर विकल्प वन्नुपर्ने अवस्था होइन ?  के यहाँका राजनैतिक पार्टीका यूवा सँगठनहरुले आफुलाई अवको विकल्पको रुपमा प्रस्तुत गर्नुपर्दैन ?

हिजोको इतिहास हामि सुक्ष्म ढंगले हेर्न खोज्योैं भने वन्द, हड्ताल, राँके जुलुस, तोडफोड जस्ता कृयाकलापमा यूवा तथा विद्यार्थीहरुलाई सडक उर्ताने, आन्दोलनमा होमी दिने तथा जुलुसमा सहभागी गराउने मात्र काम भएको छ । हरेक राजनैतिक दलभित्र हेर्याैँ भने जिल्ला तहदेखी केन्द्रिय तहसम्म सक्रिय राजनितिमा ठाउँ दिइएको छैन, दिइएन । अव भने यूवाकै पहलमा रचनात्मका हस्तक्षेप गर्ने वेला आएको छ र किन यूवा विदेश पलाएन भएका छन् ?नेपालमा किन यूवाले विकल्प देख्दैनन् ? किन नेपालमा सम्भावना देख्दैनन ? किन खाडि मुलुक गएका छन ? किन योग्यताअनुसार को काम छैन ?जस्ता प्रश्नको सुक्ष्म ढंगले खोज गरी समस्या समाधान गर्ने बेला आएको छ । 

जोश जागँर र पाखुरीमा बल भएका यूवाहरु विना नयाँ र समृद्ध नेपालको परिकल्पना असम्भवप्राय: छ, र साच्चै नयाँ नेपालको परिकल्पना गर्ने हो भने यूवाहरुलाई विदेशीनवाट रोक्न सक्नुपर्छ, आज नेपालका गाउँहरु वृद्धाश्रम जस्तै हुन पुगेको तितो यर्थाथ हामीसँग छ, विदेशिनु कसैको रहर होला तर अधिकाशं यूवाको वाध्यता हो  र  यो वाध्यता कसरी सिर्जना भयो ? प्रश्न खोजीगरी रोक्नु आवश्यक छ र रोक्ने एउटै विकल्प तथा उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीकाअवसरहरुको सिर्जना गर्ने हो । यसको पहलकदमी सक्रियरुपवाट राज्यवाटै हुनु अत्यन्तै आवश्यक छ । 

विदेशिएका यूवाले पसिना बगाएर कमाएको पैसाले नेपालमा बसोवास गर्ने आफन्तजनको दैनिकी पुरा त भएको छ साथसाथै मुलुकको आर्थिक प्रणालिलाई टेवा पनि पुगेको छ। गाँउठाँउमा मिठो मसिनो चुलोमा पाकेको छ, एकसरो लुगाले परिवारका सदस्यलाई ढाकेको छ, औषधिमुलो पाएकाछन तर यत्तिलाई आधारमानि यसलाई सकारात्मक मान्न सकिदैन तथा यसले डरलाग्दो गरी पारिवारीक र सामाजिक विघटनको अवस्थामा पुर्याएको  छ । विदेश पलाएन रोक्न सर्वप्रथम नेपालका शैक्षिक संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने फ्याक्ट्री जस्ता भएकाछन् । यि शैक्षिक संस्थामा व्यापक सूधार गर्नु आवश्यक छ । र नेपालको माटो सुहाउँदो, परिवेश सुहाउदो गरेर खान सक्ने खालको पठन पाठन हुनु आवश्यक छ । र यूवालाई विकास र समृद्धिकालागी परिचालन गर्ने सवालमा राज्यले स्पष्ट नितिगत व्यवस्था सहित ठोस कार्यक्रम ल्याउनु जरुरी छ । 
 

सम्बन्धित समाचार

गगनको गृहमन्त्रीलाई प्रश्न -छानबिनलाई प्रभावित हुने विचार राख्ने प्रधानमन्त्रीलाई प्रश्न सोध्ने हिम्मत गर्नुभयो ?

काठमाडौँ। प्रतिनिधि सभामा नेपाली काँग्रेसका युवा नेता गगन थापाले निर्मलाको हत्या प्रकरणमा निष्पक्ष छानिबनमा प्रधानमन्त्रीले प्रभाव पारेको विषयमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरेका छन्।  गगन थापाले भने, 'निर्मल हत्या प्रकरणमा दुई

गजलमा लय किन आवश्यक ? 

हरिसिद्धि, ललितपुर। गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद

किन बढ्दै छ छोरीमाथि क्रुरता ?

काठमाडौँ। पछिल्लो आर्थिक वर्ष २०७४÷७५ प्रहरी तथ्याङक अनुसार मात्र १२ सय ४४ जना महिला बलात्कारको शिकार बनेका छन् । अघिल्लो वर्षको तुलनामा यो आवमा १ सय १३ जनाले बढि हो

यसकारण निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ !

काठमाडौँ।  प्रजातन्त्रको सौन्दर्यको रुपमा उदारीकरण मार्फत नीजिकरणलाई यति महत्व दिईयो कि,यस्ले न स्वास्थ्य क्षेत्र भन्यो न शिक्षा क्षेत्र । हरेक कुराको निर्धारण माग र आपुर्तिको सन्तुलनबाट हुन्छ भन्ने अर्थशास्त्रको नियम