• २०८१ बैशाख ७ शुक्रबार

कैलालीमा ‘गुरही’ पर्व धुमधामसंग मनाइदै

kharibot

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुरही पर्व बिहीबार कैलालीका थारू समुदायले सामूहिक रुपमा मनाउँदै छन् ।

खेतीपाती सकिएपछि धानबालीमा किरा नलागून् भनेर गाउँका युवतीहरु गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका ससाना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य इन्दिरा चौधरीले बताए । उनले भने, “गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास छ ।”

यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्व मानिन्छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने विश्वास गरिन्छ । पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट र विपत्ति भाग्ने गरेको जनाइएको छ ।

परापूर्वकालदेखि यो पर्व थारू समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले यो पर्वसँगै अन्य पर्वको शुरुआत हुने गरेको थारू कल्याणकारिणीसभा कैलालीका सचिव माधव चौधरीले बताए । उनले यो पर्व कहिलेदेखि मनाउन शुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको उल्लेख गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै