• २०८१ बैशाख १२ बुधबार

फिफा वरियतामा फ्रान्स र क्रोसियाको छालाङ, अर्जेन्टिना र जर्मनी टप टेनबाट बाहिरिए   

kharibot

काठमाडौँ । फिफाको मे महिनाको नयाँ वरियतामा नेपाल यसअघि कै १६१औ स्थानमै रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै यथास्थानमा रहेको हो । 

दक्षिण एसियाली फुटबलमा भारतले एक स्थान सुधार गर्दै ९६औं स्थानमा रहेको छ  भने अफगानिस्तान १४५औ स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्स १५०औ स्थानमा, सार्क देशका भुटान १८३औं, बङ्गलादेश १९४औं, श्रीलंका २००औं स्थानमा छ भने पाकस्तिान २०१औं स्थानमा रहेको छ ।

फिफा विश्व वरियतामा पहिलो नम्बरमा भने विश्वकप विजेता फ्रान्स पुगेको छ । फ्रान्सएल ६ अंकको जम्प मार्दै फिफा वरियताको शिर्ष स्थानमा पुगेको हो। त्यस्तै यसअघि तेस्रो स्थानमा रहेको बेल्जियमले एक स्थान सुधार गर्दै वरियतामा दोस्रो स्थान हासिल गरेको छ। 

त्यस्तै यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमाप पुगेको छ। त्यस्तै विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोसियाले १६ स्थान जम्प मार्दै वरियताको चौथो स्थानमा पुगेको छ। त्यस्तै उरुग्वेले ९ स्थान सुधार गर्दै पाचौ र इङल्याण्डले ६ स्थान सुधार गर्दै छैठौ स्थानमा उक्लिएको छ। 

त्यस्तै पोर्चुगल ३ स्थान तल झर्दै सातौ स्थानमा रहेको छ भने स्विटजरल्याण्ड २ स्थान तल झर्दै अठौ स्थानमा रहेको छ। त्यस्तै स्पेनले एक र डेनमार्कले ३ स्थान सुधार गर्दै नवौ स्थानमा रहेका छन्। 

त्यस्तै यसअघि टप टेन भित्र रहेका अर्जेन्टिना, जर्मनी, चिली र पोल्याण्ड टप टेनबाट बाहिरिएका छन् ।    विश्वकपको समुह चरणबाट बाहिरिएको जर्मनी शिर्षस्थानबाट एकै पटक पन्धौ स्थानमा पुगेको छ। 


फिफा वरियताको पुरा सुची यस लिंकमा हेर्नुहोस्

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै