• २०८१ बैशाख ८ शनिबार

जन्मदिनको अवसर पारेर काँग्रेस नेता शाहले गरे वृक्षारोपण 

kharibot

काठमाडौं। नेपाली कांग्रेस युवा नेता एवम् नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले जन्मदिनको अवसर पारेर वृक्षरोपण गरेका छन् । काठमाडौंको कृष्ण मन्दीरमा शाहले २० वटा धुपी सल्लो र २१ वटा रुद्राक्षको बिरुवा रोपेका हुन् । 

वृक्षारोपण पश्चात् प्रतिक्रिया दिदै शाहले काठमाडौंमा बड्दो बाताबरण प्रदुषणलाई केही रुपमा रोक्न आफुले वृक्षारोपण गरेको बताए । जन्मदिन केक काटेर मनाउने र भड्किलो बनाउने परम्परालाई आफुले अन्त्य गर्न यसो गरेको प्रतिक्रिया दिए ।

वृक्षारोपण कार्यमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम शाही, पदम भट्टराई पशुपती क्याम्पसका नेता दिपजंग शाही,नेपाल कमर्स क्याम्पस नेपाल विद्यार्थी संघका इकाई अध्यक्ष सरोज तिमल्सिना,शंकरदेव क्याम्पसका नेता बिबेक लामा, आर आर क्याम्पसका नेता अनुराग शाहलगायत दुई दर्जन नेताहरुको सहभागी थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै