• २०८१ बैशाख ७ शुक्रबार

बङ्गलादेश बैँक र लाईफ ईन्स्योरेन्स कर्पोरेसनबीच बैंकासुरेन्स सम्झौता

kharibot

काठमाडौँ। नेपाल बङ्गलादेश बैक र लाईफ ईन्स्योरेन्स कर्पोरेसन नेपाल लि. का बिचमा बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अभिजित धोष दास्तिदरले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७४ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै