वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन रेकर्ड राख्ने व्यवस्था गरिदै  

खरीबोट

काठमाडौँ। वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । 

वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए । 

“यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ”, दाहालले भने । 

उनले एक महिनाभित्रै अनलाइन प्रणाली शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ भन्दै कसरी जाने भन्ने कुरा टुङ्गो लागि नसकेकाले अनलाइन सञ्चालनमा ढिलाइ भइरहेको बताए । 

यो प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाइनमा स्वतःरहनेछ । वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भए पनि फर्कने कति छन्, त्यसको वास्तविक विवरण मन्त्रालयसँग छैन । 

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि कुन अवस्थामा छन्, उनीहरुको व्यवस्थित तथ्याङ्क संकलन गर्न अनलाइन प्रणालीको विकास गर्न लागेको हो । श्रम कार्यालयसँग अनलाइन प्रणाली नहुँदा वैदेशिक रोजगारीबाट फर्किसकेपछि फेरि जाने श्रमिकको तथ्याङ्क दोहोरिने गरेको छ । जसले तथ्याङ्कमा समेत दोहोरोपनाको अवस्था देखिएको छ । अनलाइन प्रणाली शुरु भइसकेपछि तथ्याङ्क संकलनमा सुधार आउने विश्वास लिएको छ । 

विदेशमा मजदुरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, राहदानी नम्बरलगायत विदेशमा गरेको काम, उसको अनुभवलगायत सम्पूर्ण जानकारी राख्न अनलाइन प्रणालीको थालनी गर्न लागिएको मन्त्री गोकर्णराज विष्टले बताउँदै आएका छन् । 

वैदेशिक रोजगारीबाट फर्किसकेपछि श्रमिकसँग तपाईले कुन सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ लगायतका कुरा विमानस्थलमा नै सोधिने छ । जसबाट स्वदेशमा नै उनीहरुलाई रोजगारी दिन सहजता आउनेछ । श्रमिकको अनुभवका आधारमा उसलाई स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न अनलाइनमार्फत थप सहजता आउने मन्त्रालयको विश्वास छ । 

सम्बन्धित समाचार

जापानमा रोजगारीः द्विपक्षीय छलफललाई तीव्रता

काठमाडौँ । जापान सरकारले नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने निर्णय गरेसँगै नेपाल र जापानबीचको द्विपक्षीय छलफलले तीव्रता पाएको छ ।  जापानी प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि,

इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौँ । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ ।  नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक

पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने : मन्त्री विष्ट

पोखरा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको


z