• २०८१ बैशाख १२ बुधबार

सिपिएलमा सन्दीप र अलीको दबदबा 

kharibot

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) जारी रहदा अहिलेसम्मको खेलमा दुई बलरले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा रहेका छन्। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने र अमेरिकाका मिडियम पेस बलर अली खान।

अली खानले अहिलेसम्म खेलेका ४ खेलमा ७ विकेट लिदै सिपिएलमा धेरै विकेट लिने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन्। ट्रिनवागो नाइट राइडर्सबाट खेलिरहेका अलीले सिपिएलको पहिलो खेलमा सेन्ट लुसिया स्टार्सविरुद्ध एक विकेट लिए पनि त्यस पछि खेलेका जमैका टलावाह र  सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्ससँगको खेलमा ३-३ विकेट लिएर चर्चामा रहेका छन्। अलीले ४ खेलमा १४ ओभर बलिङ गर्दै १०६ रन दिएर ७ विकेट लिएका छन्।  २७ बर्षिय अली पाकिस्तानमा जन्मिएका हुन् भने उनले २०१६ देखि अमेरिकाबाट खेल्न थालेका हुन्।

त्यस्तै नेपाली युवा बलर सन्दीप लामिछानेले पनि सिपिएलमा राम्रो छाप छोडिरहेका छन्।  उनले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिपिएलमा अहिलेसम्मका कम रन दिने बलरको रुपमा शिर्ष स्थानमा रहेका छन्। सन्दीपले पहिलो खेल गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिएका थिए भने दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्ध ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै तेस्रो खेलमा जमैका तल्लावाहाविरुद्धको आफ्नो ४ ओभरको स्पेलमा सन्दीपले २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए। यसरि सन्दीपले ३ खेलमा ११ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित ५० रन दिएर ५ विकेट लिएका छन्।  जसमा उनको इकोनोमी रेट ४.५४ रहेको छ। सन्दीप धेरै विकेट लिने खेलाडीको सुचिमा भने पाचौ स्थानमा रहेका छन्। 

आइपिएलपछिको दोस्रो चर्चित टि-२० लिगमा टेस्ट क्रिकेट खेल्ने भन्दा बाहिरका देशका बलरहरुको यो दबदबाले एसोशियट्स देशको क्रिकेट बलियो हुदै गएको देखिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै