• २०८१ बैशाख १२ बुधबार

किन बढ्दै छ छोरीमाथि क्रुरता ?

kharibot

काठमाडौँ। पछिल्लो आर्थिक वर्ष २०७४÷७५ प्रहरी तथ्याङक अनुसार मात्र १२ सय ४४ जना महिला बलात्कारको शिकार बनेका छन् । अघिल्लो वर्षको तुलनामा यो आवमा १ सय १३ जनाले बढि हो । यो तथ्याङ्कले नेपालमा हरेक वर्ष १० प्रतिशतको दरले बलात्कारको घटना  बढेको देखाएको छ ।  नेपालमा हरेक दिन ३ महिला बलात्कृत हुने गरेका छन् भने २ जना महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।  

हाम्रो समाज कतातिर मोडिदै छ ? समाजमा महिलालाई हेर्ने दृष्टिकोण प्रमुख कारण मध्ये एक हो । पछिल्लो जनगणना अनुसार नेपालको कुल जनसख्याको ५१ प्रतिशत जनसख्या महिलाको रहेको छ । तर पछिल्लो समय छारीहरुको जन्मदर छोराको तुलनामा कम देखिन थालेको तथ्य सार्वजनिक भइरहेको छ । 

यो प्राकृतिक कारण नभई छारीको भ्रुणहत्याको कारण देखिन थालेका समस्या हो । नेपालमा पछिल्ला वर्षहरुमा छोरीहरुको जन्मदर घट्दै गएको तथ्याङ्क बाहिर आएको छ ।  हाम्रो समाजमा बच्चा जन्मने वित्तिकै विभेदहरु सुरु हुन्छ । जुन बोटको जरा बेर्ना बेलामा नै आघात गरिन्छ भने त्यो ठुलो बन्न सक्दैन । त्यसैगरी समाजमा अहिले जुन किसिमले सामाजिक थितिहरु चल्दै आएका छन्, कस्तो मानसिकताको विकास गर्दै आएका छौं ? त्यसको प्रभावले पनि महत्वपुर्ण भुमिका खेल्छ ।

महिलाको दृष्टिमा हेर्दा समाजमा धेरै विभेदहरु छन् । भ्रुण पहिचान गरी हत्या गर्ने, जन्मिने वित्तिकै मन अमिल्याउने, छोरी जन्मिई भनेर विभेद गर्ने, शिक्षा दिक्षाको सवालमा विभेद, दाइजो नलाएको भन्दै ज्युदै जल्नु परेका घटना पनि घट्दै आएका छन् । जसलाई समाधान गर्नतिर हामी लाग्न सकिरहेका छैनौं । जव हाम्रो मानसिकता नै कमजोर छ भने त्यसबाट हामी जुनसुकै समयमा समस्याग्रस्त हुन सक्छौं । सानो आघात हुने वित्तिकै उसको अस्तित्वमा प्रश्न चिन्न खडा हुन्छ । सिङ्गो जीवन आश्रय र छायामा बिताउन हुदैन भन्ने कुरामा महिला सचेत हुनै पर्छ। 

मानवता नभएको नरपिचास मानसिकताको अन्त्य गर्न सक्ने सामाजिक थितिको विकास कसले गर्ने ? छोरीहरुले कहिलेसम्म आफ्नै समाजसँग भाग्नु पर्ने हो ? कता जादै छ हाम्रो समाज दिनानुदिन महिला बलाकृत भएको मारेर फालिएको घटना र्साजनिक हुन्छन् तर न्युनिकरण हुने संकेत देखिदैन् । समाजमा बढ्दै गइरहेको यो विकृतिप्रति को जिम्मेवार छ ?

राज्यको नागरिक प्रतिको दायित्व के हो ? यो घृणित व्यवहार र मानसिकताबाट समाजलाई कसरी उकास्न सकिन्छ भनेर कसले सोच्ने खोज्ने ? समाजका यस्ता मानसिकता हटाउनतर्फ को जागरुप भएर लाग्ने  ? हामी सरकार सरकार भनिरहदाँ के नागरिकको राज्यप्रति उत्तरदायित्व हुदैन ? निच मानसिकताबाट कसरी मान्छे समाजलाई माथि उठाउने ?

किन यस्ता घटनाहरु बढिरहेका छन् ? 

बलात्कारका घटनाक्रम एउटा परम्परा जसरी अगाडि बढ्दैछ  । छोरी भएर जन्मेकै आधारमा छोरीले आफ्नो अस्थित्व रक्षाको लागि कहिलेसम्म संघर्ष गर्नु पर्ने हो ? यो अति नमिठो दानवीय प्रकृतिको अन्त्यको लागि सरकारले कस्ता नीति निर्माण गर्नपर्छ ? भन्ने कुरामा सधै मतान्तर देखिन्छ । पछिल्लो समय त धेरै फासीको माग उठ्न थालेको छ । के फासी समस्याको समाधान हुन सक्छ त ? मानवताको सबै भन्दा ठुलो शत्रु प्रतिशोध नै हो । उसलाई त्यसले, त्यसलाई मैले मार्दै जानु समस्याको समाधान हुन सक्दैन् । कडा नियम र कानुन चाहिन्छ त्यो भन्दा ठुलो कुरा मान्छेमा मानवता र नैतिकता चाहिन्छ ।  

बहस किन चल्दैन नैतिकताको पाठ सिकायोस भन्ने कुरामा ? हरेक बाबु आमाले आफ्ना छोराछोरीलाई असल मान्छे बनुन राम्रो मान्छे बनुन भनेर चाहान्छ भने, सरकारले सकारात्मक उर्जाशील र क्षमतावान नागरिक चाहान्छ । एउटा व्यक्ति किन यसरी आफ्नै समाजमा आफ्नै छोरी बहिनी निर्ममताको व्यवहार गर्न उद्यत हुन्छ ? के उसले आम छोरीलाई आफ्नो मानेर हेर्न सक्दैन ? र यहाँ फरी प्रतिप्रश्न आउछ आफ्नै बाबुद्धारा छोरी बलात्कृत छन् ।

अभाव नैतिकताको हो । अभाव सभ्यताको हो । अभाव शिष्टताको हो ।  अभाव मानवताको हो । अभाव सद्भावको हो । अभाव प्रेमको हो । अभाव सहिष्णुताको हो । एउटा मान्छेको लागि किन अर्को मान्छे बन्न सक्दैन ? प्रश्न समाज कतातिर जादै छ भन्ने कुराको हो । समाज विकासको क्रम यसरी नै विसित हुदै जाने हो भने छोरी ले बच्ने आधार के ? महिलाले बच्ने आधार के ? समानताको विगुल फुक्दै गर्दा अन्याय र अपराधीकरण कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सचेत हुन जरुरी छ । 

सोच्नु पर्ने त मान्छेले यस्तो घटिया व्यवहार किन गर्छ ? कसरी यसको रोकमथाम गर्न सकिन्छ भन्ने तर्फ हो । महिनावारी भएकै कारण किशोरीको छाउगोठमा नै अकालमा ज्यान जान्छ । महिलाहरुमा पनि चेतनास्तर बढाउनु पर्यो । अन्याय, अत्याचार, थिचोमिचो भेदभाव, झुट, पुर्वाग्रह, पक्षपातपुर्ण व्यवहार चुपचाप स्वीकार्नु हुदैन् ।  सत्यको बाटोमा हिड्ने अन्यायको विरुद्धमा आवाज उठाउने कुरामा स्वतन्त्रतापुर्वक बाँच्न पाउने कुरामा सचेत हुन जरुरी छ । पुराना कुविचार र कुसंस्कारलाई नयाँ कर्मले मात्र काट्न सक्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै