वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी

खरीबोट

यो तस्बिर स्याटेलाइट ग्यालेक्सीको वितरण हो । निलो घेराले चम्किला स्याटेलाइटलाई घेरेको छ भने सेता घेराले धुमिल स्याटेलाइट्सलाई घेरेको छ । तिनै धुमिल स्याटेलाइट पुराना ग्यालेक्सीहरु हुन् । तस्बिर : डोर्हाम युनिभर्सिटी/एसडब्ल्युएनएस डटकम/डेली मेल

चारवटा साना तारामण्डलहरुले मिल्कीवेको परिक्रमा गरिरहेको फेला परेपछि वैज्ञानिकहरुले यसलाई ब्रह्माण्डकै पुरानो तारामण्डल भएको दाबी गरेका छन् । खगोलविद्हरुले उक्त ससाना तारामण्डललाई १३ बिलियनभन्दा बढी वर्ष पुरानो र बिगब्यांग (महाविष्फोटन)पछि अस्त्वित्वमा आएको दाबी गरेका हुन् । 

द ड्वार्फ अर्थात् स्याटेलाइट ग्यालेक्सीहरु मिल्किवेतिर अर्बिट गरिरहेको अर्थात् चन्द्रमाले जसरी पृथ्वीलाई अर्बिट गर्छ सोही तरिकामा रहेको बताइएको छ । तर उक्त अर्बिट निकै ठूलो क्षेत्रमा रहेको छ । अनुसन्धाताहरु जसले यसलाई पत्ता लगाए उनीहरुले मानवयुक्त पृथ्वी समेत त्यसमा हुनसक्नेतर्फ पनि संकेत गरेका छन् । 

यो तथ्यसँगै ब्रह्माण्डको विकासप्रक्रियातर्फ पनि थप तथ्य पत्ता लाग्ने अनुमान गरिएको डर्हाम युनिभर्सिटीको इन्स्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी र एष्ट्रोफिजिक्सका द हार्वर्ड स्मिथसोनियन सेन्टरका अनुसन्धाताहरुले बताएका छन् । 

उक्त चारवटा ग्यालेक्सीहरुलाई सिग १, बुट्स आई, टुकाना आईआई, र उर्सा मेजर आई नाम दिइएको छ । यी चारैवटा सबैभन्दा पुराना ग्यालेक्सी रहेको उनीहरुको दाबी छ । इस्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी (आईसीसी)का निर्देशक प्रा. कार्लोस फ्रेन्कका अनुसार हाम्रो ब्रह्माण्डमा मिल्कीवेतिर घुमिरहेका सबैभन्दा पुराना ग्यालेक्सीसँगै मानवयुक्त पहिलो अनि पुरानो पृथ्वी भेटिनसक्नेछ, जुन निकै चाखलाग्दो हुनेछ । 

त्यस्तै रोयल सोसाइटी इनिभर्सिटी रिसर्चकर्तामध्ये एक डा. एलिस डेसनका अनुसार हाम्रै मिल्कीवेमा घुमिरहेका चम्किला स्याटेलाइट ग्यालेक्सीहरु पत्ता लाग्नुले प्राक्ब्रह्माण्डबारे बुझ्न मद्दत गर्न सक्छ । जब ब्रह्माण्ड ३ सय ८० हजार वर्षको थियो, तब मात्र सबैभन्दा पहिलाका अणुहरु जन्मिएका थिए । तिनीहरु हाइड्रोजनका चम्किला अंश रहेका र पेरियोडिक टेबलका सजिला तत्वहरु रहेका थिए । 

जब तिनीहरु बादलमा संगृहित हुनपुगे त्यसपछि तिनीहरु ससाना ‘हालोस’ अँध्यारा वस्तुको डल्लोमा रुपान्तरित भए जुन बिगब्यांगपछि देखा पर्न सुरु गरे । यसलाई ‘कुलिङ फेज’ अर्थात् चिसो विकासप्रक्रिया भन्न सकिन्छ, जसले आकाशीय अँध्यारो समयलाई दोब्बर बनाएर सय मिलियन वर्षसम्म राखिरह्यो । 

त्यसपछि हालोसभित्र ग्यासले चीसो पारिरहेका थियो, अस्थिर बन्न पुग्यो र ताराहरु बन्नेक्रम सुरु भयो । यी उक्त वस्तुहरु नै पहिला तारामण्डल बनेको मानिएको छ जसले ब्रह्माण्डमा प्रकाश ल्याएको थियो । योसँगै अध्यारो युगको अन्त्य भएको विश्वास गरिएको छ । 

द एष्ट्रोफिजिकल जर्नलमा प्रकाशित उक्त अध्ययनले धेरै धुमिल तारामण्डलको संख्याको पहिचान गरेको छ । जुन कोस्मिक डार्क एजमा बनेका थिए । अध्ययनले दोस्रो र अलिकति ज्यादा चम्किलो समूह जुन सयौँ मिलियन वर्षपछि बनेको पत्ता लगाएको छ । 

यस्तै उक्त हाइड्रोजन जसमा पहिलो तारामण्डलले उत्सर्जन गरेका अल्ट्राभायलेट विकीरणद्वारा विद्युत् प्रवाह भएको थियो, त्यसले नै धेरै र विशाल हार्लोसहरुलाई चिस्यानीकरण गरेको पनि मानिएको छ । विचारणीय कुरा त उक्त टोलीले ग्यालेक्सी फर्मेसन (विनिर्माण प्रक्रिया)को एउटा नमूना पनि पहिचान गरेको छ । यसले उनीहरुलाई स्याटेलाइट ग्यालेक्सीहरुको निर्माणसमयका लागि समेत अनुमति दिएको छ । 

प्राध्यापक फ्रेन्कका अनुसार टोलीले पत्ता लगाएका तथ्यांकले अहिलेको ब्रह्माण्डहरुबारेको विकास प्रक्रियाको नमूनालाई सहयोग गरेको छ । उक्त नमूनालाई ‘लाम्बदा कोल्ड डार्क म्याटर मोडेल भनिएको छ जहाँ तात्विक अंशहरुले अँध्यारोप्रेरित आकाशीय विकास प्रक्रियालाई बनाउँछ । 

प्रारम्भकालीन ग्यालेक्सीहरुद्वारा उत्सर्जित विकीरणले बाँकी रहेका हाइड्रोजन अणुहरुलाई नष्ट गरेको मानिएको छ । खासगरी हाइड्रोजनका इलेक्ट्रोनहरुलाई नष्ट गरी अर्थात् यस्ता ग्यासलाई चिस्यानीकरण गर्न र नयाँ तारा बन्न कठिन पारेको मानिएको छ । 

तारामण्डल निर्माणको विकास प्रक्रियाको आधार रोक्न र नयाँ तारामण्डलहरु बन्नबाट रोक्न करिब अर्को बिलियन वर्षभन्दा बढी सफल भएको विश्वास पनि गरिएको छ । फलस्वरुप डार्क म्याटरको हालोस विशाल हुनपुगेको र ग्यासले त्यसलाई शान्त पार्न सकेको पनि मानिएको छ । 

त्यसपछि पुनः ग्यालेक्सी फर्मेसन अर्थात् तारामण्डल बन्ने क्रम सुरु भई चम्किला तारामण्डल हाम्रो मिल्कीवेजस्तै बनेको विश्वास गरिएको छ । आईसीसीका पूर्वविद्यावारिधिकर्ता डा. सोनक बोस जो अहिले अमेरिकामा हार्वर्ड स्मिथसोनियन सेन्टर फर एष्ट्रोफिजिक्समा अनुसन्धाता छन्, उनका अनुसार वास्तविक तथ्य र सैद्धान्तिक नमूनाको भाविष्यवाणीहरुबीच करिब करिब सहमत हुने गरी अहिले राम्रो काम भइरहेको छ । 

दशकअघि नै धुमिल तारामण्डल जो मिल्कीवेवरपर रहेका छन् तिनीहरुबारे यी कुराहरु पत्ता लागिसक्नुपर्ने उनको भनाइ छ । 

सम्बन्धित समाचार

ग्रिनल्याण्डको आइसमुनि १९ माइल फराकिलो फलामे पिण्ड !

युरोप । एउटा विशाल मेटिअर अर्थात् उल्कापिण्ड ग्रिनल्याण्डको बरफमुनि ठूलो क्षेत्र ओगटेर रहेको फेला परेको छ । वैज्ञानिकहरुका अनुसार उक्त आकाशे उल्कापिण्ड फ्रान्सको राजधानी पेरिसभन्दा पाँच गुणा ठूलो रहेको छ

त्रिवि चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको गभर्निङ बोर्डको सदस्यमा निर्वाचित

काठमाडौँ। चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

चितवन / रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ ।  विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले

तालाबन्दीपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको कामकाज ठप्प  

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि


z