• २०८१ बैशाख ८ शनिबार

विद्यार्थी संगठनको एकता : अनेरास्ववियुको नाम दीर्घ ‘यू’ लेख्ने सहमती 

kharibot

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको लागि शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको  छ । स्ंगठनको नाम जुरेसँगै अब एकताको करिब करिब टुंगो लागेको हो ।

पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

 यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू) हुने छ । एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने बताईएको  छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने अझै टुंगो लागिसकेको छैन । अर्काे बैठकमा नेतृत्वको समेत टुंगो लगाइने कार्यदलले जनाएको छ । दुई विद्यार्थी  संगठनको एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै