• २०८१ बैशाख ७ शुक्रबार

कलंकी अण्डरपास संचालनमा आयो (भिडियोसहित) 

kharibot

काठमाडौँ। पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो कलंकीमा निर्माण भएको ‘अण्डरपास’ सञ्चालनमा ल्याइएको छ । अण्डरपास आजदेखि संचालनमा आएको हो।

पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनिए पनि भदौ एक गते आएर अण्डरपास संचालनमा आएको हो। अण्डरपास संचालनमा आएपनि काम भने अझै नसकिएको कार्यरत मजदुहरुले बताएका छन्।  सम्पूर्ण काम सक्न अझै एक साता लाग्ने बताइए पनि अण्डरपास संचालनमा ल्याइएको हो।  

‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता अब हट्ने विश्वास गरिएको छ । 

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो । 

कोटेश्वर–बल्खुपुल–कलंकी १०.४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ । 

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म ८.५ किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै