• २०८१ बैशाख ८ शनिबार

धोका दिएर अष्ट्रेलिया जान खोजेपछि प्रेमीद्वारा प्रेमिकाको हत्या

kharibot

उर्लाबारी, मोरङ। ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । 

विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । प्रहरीका अनुसार दुवै जना घुम्न भनेर बिहानको १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । 

घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताए। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै