भारतीय राजदूतावासले जिम्मा लिएको विद्यालयको पुनर्निर्माण भएन

खरीबोट

धादिङ । भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पढ्न बाध्य छन् ।

पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए पनि जिल्लामा फर्केर नआउँदा १० विद्यालयको पुनःनिर्माणको काम अलपत्र परेको हो ।

सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दूका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, बृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर उक्त दूतावासले एक वर्षभित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो ।

निर्माण भइसक्नुपर्ने बेलासम्म पनि राजदूतावासले जिम्मेवारीअनुसार काम शुरु नगरेको र काम गर्ने वा नगर्ने कुनै जानकारी नदिँदा अन्य निकायले समेत ती विद्यालय पुनः निर्माणमा चासो नदिएका मिन्दूका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले बताए ।

धादिङमा भूकम्पका कारण ४६५ विद्यालयका तीन हजार ७७५ कक्षा कोठा पूर्णरूपमा ध्वस्त भएकामा दुई हजार २३५ कक्षा कोठा निर्माण भइसकेको छ । नौसय एकतीस कक्षा कोठाको निर्माण जारी छ भने ५६० कक्षा कोठाको निर्माण शुरु नभएको भूकम्पीय पुनःनिर्माण शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नवराज खतिवडाले जानकारी दिए ।

सम्बन्धित समाचार

अत्यन्त सुस्त प्राधिकरण : २८ किमि सडक बनाउन ३ वर्ष लगायो 

भूकम्प गएको तीन वर्षमा मात्र ४५ प्रतिशत निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अन्य पुनर्निर्माणका काम पनि अत्यन्त सुस्त भएको पाइएको छ । नेतृत्व फेरबदल, सुविधावृद्धि, विदेश भ्रमणलगायतमा

भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्ला

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ । यससँगै भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाहरुको

सरकारलाई मिनेन्द्र रिजालको प्रश्न- धरहरा पुनर्निर्माणका लागि उठाएको पैसा कहाँ छ ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै दूरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकमबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य

गोरखामा विद्यालय पुनर्निर्माण सुस्त 

गोरखा । भूकम्पको केन्द्रविन्दु परेको गोरखा जिल्लामा शैक्षिक संस्था पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ । ०७२ को महाभूकम्पले ४ सय ८१  सामुदायिक विद्यालयहरु क्षतिग्रस्त हुनुका साथै ३५ जना विद्यार्थी र


z