• २०८१ बैशाख ८ शनिबार

पर्वतका प्रधानाध्यापक थुनामा

kharibot

पर्वत । आफैंले अध्यापन गर्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।

फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको छ ।

थुनामा परेका प्रअ पौडेलले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटकपटक यौन दुर्व्यवहार गरेको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो ।

अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै