शिक्षा नीति बदल्नुपर्दछ : गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ

खरीबोट
ad

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताएका छन् ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उनले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गरे ।

जनता आफैं उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उनले ढिकुरपोखरीमा एग्रोइन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताए ।

पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताए ।

सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नैतिक शिक्षाको खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य राजीव पहारीले सो विद्यालयलाई रु ३३ हजार मूल्य बराबरका दुई वटा युरोगाड सहयोग गर्दै अन्नपूर्ण गाउँपालिका–३ मा एक घर एक धारा अभियानलाई पूर्णता दिन आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हीरक जयन्ती मूल आयोजक समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अवसरमा मुख्यमन्त्री गुरुङले विद्यालयको हातामा हीरक स्तम्भको शिलान्यास गरे ।

सम्बन्धित समाचार

बूढीगण्डकी आयोजना पुनः गेजुवालाई दिने निर्णय यसकारण दुर्भाग्यपूर्ण छ

बूढीगण्डकी जलविद्युत् आयोजना फेरि गेजुवालाई दिने वर्तमान सरकारको निर्णय दुर्भाग्यपूर्ण छ । गेजुवासँगको सम्झौता किन खारेज गरियो भन्ने बुझ्न मैले २०७४ कात्तिकमा प्रेषित गरेको विचार एकपटक पढौं । नेपालीले पनि गर्न

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौँ। सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदै छ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी

मन्त्री पुनलाई प्रश्न : बूढीगण्डकीको मुआब्जा कहिले पाइन्छ

काठमाडौँ । “सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको छ । मुआब्जा वितरण प्रक्रिया एकदमै ढिला भयो, कहिलेसम्म आयोजना प्रभावितले रकम पाउँछन् त मन्त्रीज्यू ?” यो भनाइ हो