देशको नयाँ संहिता (कविता)

खरीबोट

विज्ञान दाहाल 

ad

झरी परेर निध्रुक्क भएको बेला 
देशमा जंगे युग समाप्त भयो 
अर्थात देशले नयाँ संहिता पायो.....!

सोच्दै छु, चेलीको आर्तनादनमा
यो संहिता मल्हम बन्छ कि बन्दैन,
कि यो हिमनदी जस्तै बगिरहन्छ,
बेपर्वाह,रोग,भोक र शोक गर्भमा बोकेर..!!

राष्ट्रको जीवनमा हर उचाई 
सगरमाथा मात्र हुंदैन,
कहिले काहीं ती उचाईहरु मकालु,
धौलागिरी र कञ्चनजंघा पनि बनिदिन्छन 
यो वेगमा ,एउटा उचाई बनेर 
देशले  कानुनका नयाँ बर्खे इतिहास रच्यो 
यो ईतिहासमा पर्दा पछाडीको मेरो सभ्यता,
मेरो आदर्श र मेरो दुर्दिनहरुको कति मुल्य हुन्छ।

आज फुत्किरहेको बन्धन 
दगुरीरहेको लोकतन्त्र,
र हाँस्दैखेल्दै गरेको गणतन्त्रको रथी को हो ? 
संहिता,सभ्यता वा हाम्रो दर्शन ...?
यसरी एउटा दुस्पप्न ,
स्वतन्त्रताले सिमा नाघेपछी सुरु हुन्छ ।

पर्खिरहेछु,
एउटा अन्त्यको कारक भएर 
यो संहिताको, कुन शब्दको भाग्य चम्किन्छ ? 
त्यती खेर हृदयहरु उत्सवको तयारीमा 
पर्खिरहेका हुनेछन । 

-विज्ञान दाहाल 

सम्बन्धित समाचार

उम्किएका घुनहरू (कविता)

ए मान्छेरूपी मान्छेहरू हो ! कति पिँध्छौ मान्छेहरूलाई सहरमा छोइला र कचेला अनि मःमःबनाएर अनि शनै शनै गाउँमा च्याँख्ला बनाएर जिब्रो ट्वाक्क ट्वाक्क पड्काएर अर्काको जिन्दगीलाई चास्नी बनाई बनाई शक्तिका मातमा कलिला चिचिलाहरू निमोठेर भागलगाई लगाई खान्छौ

जलन (गजल)

सपनिमा जस्तै गरि, सतायौ गयौ । निकोभाको घाउ थियो, बल्झायौ गयौ । कफन बेरिएको शरीर तिम्रै प्रतीक्षामा थियो, चिता छेउमै आएर, मुस्कुरायौ गयौ । त्यो दिनदेखी जिन्दगी पर्खाइमै बितेको छ, जुनदिन तिम्ले बिदाइको हात, हलायौ

साँझपरेपछि...(कविता)

इन्द्रेणी जस्तै कपाल पारेर  छोटा छोटा पहिरनमा सजिएर  गुलाबी ओठ र मन्द मुस्कानसँगै  आउछन् साँझपखमा नौटकीं देखाउन  कति धेरै आशत्ती छन्  म देखेर अचम्मित हुन्छु  चहारिरहन्छन भट्टीपसलतिर  हाँस्छन रुन्छन ठट्टा गर्छन्  स्वाट्ट पार्दै बियरको चुस्कीसँगै  आफ्ना सबै पिडाहरु भुल्छन  रक्सी

भ्रममुक्त (कविता) 

मानिसक भ्रमबाट निस्किएर,  भौतिकशास्त्र र गणितमा देखेका सपनाहरु , पुन सँगाल्दै , निरन्तर खोज, अनुसन्धान ,  जर्नलहरुमा शोधपत्र , लेखहरु छाप्दै , उज्ज्वल भविष्यतिर लम्कनुपर्नेछ , खाँचो छ त यहाँ , मस्तिष्कको एकाग्रता , आत्म-विश्वास , अनि फकाउनु पर्ने